Holi Parba 2काठमाडौ। सदभाव र भातृत्वको राष्ट्रिय परम्परागत होली पर्व विकृत हुंदैगएकोमा स्थानिय प्रशासनले यो बर्ष अझ सशक्त तथा कडा बन्ने भएको छ। होलीको नाममा जथाभावी होली खेल्ने तथा मदिरा सेवन गरेर हिंड्नेहरुलाई पनि कडा कारवाही गर्ने आइतवार आयोजित प्रहरी प्रमुखहरुवाट काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्।Holi Parba 3

होलीको नाममा सडकमा बसेर मदिरा पिउने तथा छतवाट सडकमा हिंड्नेहरुलाई लोला हानेर होली खेल्नेहरुलाई पनि प्रहरीले कारवाही गर्ने जिकिर गरेका छन्। होलीको पूर्वसन्ध्यामा होली विशेष अभियान नै प्रहरीले घोषणा गरेको छ।

यसअन्तर्गत जथाभावी होलीको नाममा मदिरा सेवन गर्ने तथा होली खेल्नेहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइने काठमाडौका एसएसपी विक्रमसिंह थापाले स्पष्ट पारेका छन्। भक्तपुरका प्रहरी प्रमुख एसपी किरण बज्राचार्य र ललितपुरका एसपी अशोक सिंहले पनि होलीका नाममा विकृति फैलाउनेहरुलाई कारवाहीको दायरामा ल्याउने र यो बर्षको होली विकृतिरहित तथा मदिरारहित बनाउने दावी समेत गरेका छन्।

Holi Parba 4

होलीमा मदिरा बेच्ने पसलहरुलाई पनि कारवाही गर्ने काठमाडौका एसएसपी थापाले बताउंदै होलीका दिन व्यापक रुपमा प्रहरी परिचालन गरिने र ट्राफिक चेकिङ्ग पनि बृद्धि गरिने जानकारी दिएका छन्। विभिन्न क्याम्पस तथा स्कुल लगायत विभिन्न खेल मैदानहरुमा गरिने सार्वजनिक होली पर्व विशेषहरुमा समेत व्यापक निगरानी गरिने र ती स्थानहरुमा मदिराको प्रवेश तथा विक्री वितरण गरेमा कारवाही गरिने जनाइएको छ।

प्रकाशन मिति–२०७२ साल चैत्र ७ गते आइतवार ।