Lumbini 1काठमाडौ। महामानव भगवान बुद्धको २५६० औ बुद्ध जयन्तीमा अन्तरराष्ट्रिय बौद्ध गोष्ठीे बुद्धको पावन जन्मभूमि लुम्विनीलाई बौद्ध दर्शनको केन्द्रको रुपमा विकास गरेर विश्वव्यापी बनाउन १० बुँदे लुम्बिनी घोषणा–पत्र जारी गरेर संपन्न भएको छ।

१० बुँदे लुम्बिनी घोषणा पत्रमा बुद्धलाई विश्व शान्ति फैलाउने मुख्य प्रवद्र्धकको रुपमा प्रवद्र्धन गराउने, संपूर्ण मानव जातिमा बुद्ध दर्शनको शिक्षा फैलाउने, बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्न र बुद्धको जीवनी एवम् सिद्धान्तलाई संवन्धित मुलुकले पाठ्यक्रममा समावेश गरेर प्रवद्र्धनात्मक कायका लागि सवै राष्ट्रलाई अनुरोध गर्ने, धार्मिक सहिष्णुता, व्दन्द व्यवस्थापनका लागि लुम्बिनीलाई केन्द्रका रुपमा विकास गर्ने लगायतका कुरा दश बुँदै घोषणा पत्रमा समावेश रहेको छ।

सरोकारवाला तथा विज्ञहरुले १ं० बुँदे लुम्बिनी घोषणा पत्र कार्यन्वयन हुने कुरामा आशंका व्यक्त गरेका छन्। उनीहरुका अनुसार चीन, भारत, कोरिया लगायतका मुलुकवाट राष्ट्रप्रमुखहरुको सहभागिता हुने भनेर नेपाल सरकारले प्रचार गरेतापनि ती राष्ट्रवाट राष्ट्रप्रमुखहरुको सहभागिता नहुनु तथा सामान्य सरकारी प्रतिनिधि एवम् धर्मगुरुहरुको मात्र प्रतिनिधित्व गराइनुले उनीहरुको अप्रत्यक्ष रुपमा असंतुष्टि रहेको भन्ने कुरा स्पष्ट भएको छ।

अर्कोतर्फ संयुक्त राष्ट्र संघका महासचिव वान किङ्ग मुन लुम्बिनी आउने तथा राष्ट्र संघ मार्फत सवै राष्ट्रमा बुद्ध दर्शन तथा विचारलाई प्रवाहित गरेर बुद्धको देश नेपाल भनेर प्रचार गर्ने नेपाल सरकारको उदेश्यमा पनि तुषारापात हुन गएको छ। यसो हुनुमा नेपालको उच्चस्तरीय कुतनीतिक प्रयास असफल भएको प्रमाणित हुन पुगेको छ। पर्यटन सचिव प्रेमकुमार राईको लापरवाही तथा बेवास्ता र पर्यटन मन्त्री आनन्द पोखरेलको कार्यकुशलतामा कमी र कच्चा अनुभवको परिणितिको रुपमा लिइएको छ।

त्यसमाथि लुम्बिनी विकास कोषको आन्तरिक व्यवस्थापनको कमजोरीको कारणले अन्तरराष्ट्रिय बुद्ध जयन्ती समारोह फितलो हुन पुगेको उनीहरुको भनाई रहेको छ। कोषको आन्तरिक व्यवस्थापनलाई सुल्झाउनका लागि पर्यटन मन्त्रालय पूर्णरुपमा असफल भएकोले पनि अन्तरराष्ट्रिय बुद्ध जयन्ती अन्तरराष्ट्रिय बुद्ध जयन्ती जस्तो नभइकन विगतका बर्षमा हुने गरेका सामान्य बुद्ध जयन्ती जस्तो मात्र देखिन पुगेको विज्ञहरु भन्छन्।
प्रकाशन मिति–२०७३ साल जेठ ८ गते शनिवार।