— निर्मल वज्राचार्य
काठमाडौ। स्कुल लाइफ ११ बर्षमा एकदिन पनि स्कुलको हाजिरीमा गयल नहुनु भनेको कुरा नै गजबको रेकर्ड हो। त्यो रेकर्ड काठमाडौको एक बालकले गरेको छ। जसको नाम प्रत्युषराज शाक्य हो। अझ विरामी भएको दिनपनि औषधि खाएरै भएपनि विद्यालय गएर रेकर्ड राख्ने कार्य प्रत्युषराजवाट भएको छ। प्रत्युषराज काठमाडौंको वटु, भुजिंबहालका वासिन्दा हुन्।

काठमाडौंको डल्लुस्थित स्वर्णिम स्कुलमा प्रिस्कुलदेखि कक्षा १० सम्म अध्ययन गरेर यस बर्षको एसइइमा ३.९५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । उनी प्याब्सनले लिएको परिक्षामा ४ जीपीए ल्याउन सफल भएका थिए।

प्रत्युषराजका बुबा पूण्यराज शाक्यले गर्वकासाथ  छोरा १ दिन पनि गयल नभएको शतप्रतिशत हाजिरी भएको युकेजीदेखि १० कक्षासम्मको मार्कशीट देखाउँदै भने “५ कक्षामा १०२ ज्वरो आउँदा स्कुल नजाउ, आज एक दिन आराम गर भन्दा पनि रोई कराई गरेर स्कुल गएरै छोडे” कुराकानी कै क्रममा पुण्यराजले अति उत्कृष्ट नतिजाका कारण कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृतिमा अध्ययन गरेका  छोराले उसको विद्यार्र्थी जीवनमा सबै भन्दा कम औसत प्राप्तांक भनेकै कक्षा ६ मा ल्याएको ९३.९६ प्रतिशत हो भनी उल्लेख गरे।

साथै छोरालाई स्कुलले “स्वर्णिम ट्रेजर” को रुपमा सम्मान गरेकोमा पनि खुशी व्यक्त गरे। त्यसैगरी बास्केट बलमा “म्यान अफ दि म्याच” उपाधि हात पारेको प्रसंग उल्लेख गर्दै खेलमा पनि प्रत्यूशको त्यत्तिकै रुचि भएको दावी गरे । त्यति मात्र हैन, क्यालकुलेटरले भन्दा पनि छिटो जोड, घटाउ, गुणा र भाग गर्न सकिने अबाकस उपकरण प्रयोग गरेर देशव्यापी रुपमा हुने गणितीय प्रतियोगितामा प्रत्यूशले दोस्रो तथा तेस्रो स्थान हासिल गरेको प्रसंग पनि उनले उल्लेख गरे।

कुराकानी कै क्रममा प्रत्युषराजका आमा तिमिलाले भनिन् “हामी नेवारहरुको हरेक महिना/हप्ता जस्तो चाँडपर्व भई रहन्छ त्यस माथि पनि जन्मदिन तथा श्राद्ध पनि आर्ई रहन्छ, त्यस्तो बेलामा पनि उसलाई स्कुल जानै पर्छ, धन्न हाम्रो संयुक्त परिवार भएकोले आमाबुबाले नभ्याएको बेला उसलाई उसको ठूलोबुबा÷ठूलीआमा, काका/काकी, दाईदिदीले प्राथमिकताकासाथ स्कुल पु¥याउने गरेकोले नै यस्तो गयल नहुने रेकर्ड कायम गर्न सकेको हो, यसमा मलाई निकै गर्व छ तर चाँडपर्व र अरु रमझमबाट  छोरा बञ्चित भएकोमा अलिकता मलाई नियास्रो लाग्ने गर्दछ ।”

प्रत्युषराज हिजोआज पनि स्कुल जान अत्यन्त मन पर्ने र पढाई एकदिन पनि छुटाउन नचाहने बानीले मलाई यस्तो बनाएको अंकल भन्न चुक्दैनन्।
प्रकाशन मिति–२०७५ साल असार ११ गते सोमवार ।