SAG Game logoकाठमाडौ। १२ औ दक्षिण एसियाली खेलकुद सागको उदघाट्न पश्चात भएको महिला फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ। नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेर शानदार जित हासिल गरेको छ।

SAG Game lady footbal winner

भारतको जेएलएन स्टेडियम सिलोङ्गमा भएको खेलमा नेपालको तर्फवाट खेलको २ मिनेटमा दीपा अधिकारीले पहिलो गोल गरेकी थिइन्। स्किपर बनु लामाले खेलको १७ औं मिनेटमा दोश्रो गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्।

त्यसैगरेर खेलको अन्तमा निरु थापाले तेश्रो गोल गरेर नेपाललाई जित दिलाएकी थिइन्। नेपालको अर्को खेल आउने फरवरी ९ तारिखमा माल्दिभ्ससंग हुने भएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।