Sag Game 4काठमाडौ। १२ औ दक्षिण एसियाली खेलकुद (साग) को भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा शुक्रबार भव्य रुपमा उदघाटन भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधिवत रुपमा उदघाटन गरेपछि सागको शुभारम्भ भएको घोषणा गरिएको छ। सागको अर्को आयोजनास्थल भारतको मेघालयको सिलोङ्गमा शुक्रबार जस्तै उदघाटन समारोह हुने भनिएको छ।

Sag Game 1

पूर्णतया डिजिटल प्रविधिको भरपूर उपयोग गरेर सागको उदघाटन गरिएको थियो। जसमा ओलम्पिक टर्चलाइट बाल्नेदेखि सागको इतिहास र सागमा सहभागी आठै राष्ट्रको पहिचान सहितको प्रदर्शन डिजिटल प्रविधिवाटै गरिएको थियो।

Sag Game 3

सागको उदघाटनको मार्चपासमा नेपालको झण्डा पौडी खेलका खेलाडी श्रृतिका सिंहले बोकेर अगुवाई गरेकी थिइन्। १२ दिनसम्म चल्ने सागमा नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तानका २ हजार ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहने साग आयोजक देश भारतले भनेको छ।

Sag Game 5प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।