काठमाडौ। हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नेपाली चेली हेमानन्द गिरी नियुक्त भएकी छन्। भारतीय साधुहरुको संगठन भारत धर्म महामन्डल र कासी विद्वत परिषदले नेपाली चेली हेमानन्दलाई शंकराचार्यमा छनोट गरेको हो।

अव नेपाली चेली गिरीले भारत, उत्तराखन्डमा रहेको शंकराचार्य ज्योर्तिमठ बद्रीका आश्रमको नेतृत्व गर्ने भएकी छन्। शंकराचार्य परम्परा शुरु भएको १२ सय वर्षको इतिहासमा पहिलोपटक महिलालाई शंकराचार्य चयन गरिएको हो। त्यसमा नेपाली चेली नै पर्नु अत्यन्त गौरबको कुरा भएको छ।

५० वर्षीया साधवी हेमानन्द गिरी २ हजार प्रतिस्पर्धीलाई उछिन्दै शंकराचार्य बनेकी हुन् । नागा अघोर परम्पराबाट दीक्षित हेमानन्द गिरी झापाको गौरीगन्जस्थित वैदिक सूर्य शिवालय मठकी प्रमुखसमेत हुन्। ६ वर्षको उमेरदेखि नै धार्मिक निष्ठामा बसेर कार्य गर्दै आएकी उनले नेपालबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन्।

प्रकाशन मिति–२०७४ साल माघ २४ गते बुधवार ।