काठमाडौं। प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व–कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नाराकासाथ १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ।

बुधवार बिशेष समारोह बीच काठमाडौं महानगरपालिका २८ वडा बागबजारस्थित होटल हार्दिकको सभा कक्षमा १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाउने कार्य भएको हो।

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रमुख आतिथ्यतामा उदघाटन गरिएको समारोहमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कुलपति के.के. कर्माचार्य, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, अल्का अस्पतालका अध्यक्ष कुमार थापा, श्रध्दा बिहारका श्रध्दाचारी गुरूमाँ(तिमिला),थालासीमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक,राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा,केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा.मनिता राजकर्णिकार र सल्लाहकार दिव्यमणि दीक्षित लगायतको आतिथ्यता रहेको थियो।

दाताले दानमा दिएको रगत कहिलेसम्म निःशुल्कको नाममा किन्नु पर्ने हो ? यो अन्तर बिरोधको अन्त्य र पीडितलाई दानमा प्राप्त रगतलाई निःशुल्क उपलब्ध गराउनमा सरकारको नेतृत्व लिएको पार्टीको अध्यक्षको हैसियतले यथासिघ्र पहल गर्ने पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले प्रतिबद्धता ब्यक्त गरेका थिए। अध्यक्ष प्रचण्डले हाम्रो रगत नामक संग्रहणिय स्मारिकाको पनि सार्वजनिक गरेका थिए।

समारोहमा ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के.के.कर्माचार्यद्वारा जीवनको आधार नै रगत रहेको र १ सय ६०औं पटक रक्तदान गरेर कीर्तिमान कायम गर्न सफल प्रेमसागर कर्माचार्यको कार्यलार्ईअनुसरण गर्नुका साथ रगत सर्वसुलभ उपलब्ध हुनु पर्नेमा जोड दिएका थिए।

त्यसैगरी श्रध्दाचारी गुरूमाँले यस्तो कार्यक्रमहरूले स्वयंसेवी रक्तदाताहरूलाई हौसला प्रदान गर्ने गरेको बताएकी छन्। राष्ट्रिय समाचार समितिका महाप्रबन्धक आपेन्द्र शर्माले सम्बोधनका क्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजलाई राज्यले तिनको कार्यप्रति साथसहयोग गर्नुपर्नेमा कुरामा जोड दिएका थिए।

समारोहमा थालासिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकद्वारा स्वयंसेवी रक्तदाता र थालासिमिया रोगी नङ्ग र मासु जस्तै अनुयायिस सम्बन्ध रहेको खुलासा गर्ने कार्य भएको थियो। स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त समारोहमा तिलस्मी प्रजापति र कञ्चन वाग्ले आचाजुद्वारा रक्तदान जागरण गीतबाट सांगीतिक माहोल तताएका थिए।


प्रकाशन मिति–२०७६ साल माघ १६ गते विहीवार ।