arghakhachi-gulmi-banda

काठमाडौ। पश्चिम नेपालको प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ।

अर्घाखाँची र गुल्मीमा १५ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ। बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविस कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गर्ने गरेका छन्।

संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन्। बुटवल, रोल्पा, पाल्पा, प्यूठानमा भने बन्द हडतालका कार्यक्रम नगरिएपनि विरोधका अरु उपाय अपनाइएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २९ गते बुधवार ।