काठमाडौं। नेवार समुदायले योमरी पूर्णिमा मनाएका छन्। विश्वकै अलौकिक परिकार योमरीको पूजाआजा गरेर यस पर्वलाई मनाउने कार्य भएको हो।

योमरी पूर्णिमाका दिन नेवार समुदायको आदिवासी धर्तिपुत्र ज्यापु जातिले राष्ट्रिय ज्यापु दिवस मनाएका छन्। रौनकपूर्ण ढंगवाट काठमाडौंमा १६ औं राष्ट्रिय ज्यापु दिवस मनाउने कार्य भएको ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले बताएका छन्।

ज्यापु दिवसको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। समारोहमा ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्य, प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले ज्यापु दिवसले नेपालभाषा र संस्कृतिको विकासमा मुलुकलाई पुर्याएको अतुलनीय योगदानको चर्चा गरेका थिए।

१६ राष्ट्रिय ज्यापु दिवसमा काठमाडौंका अलौकिक कला तथा संस्कृतिलाई विभिन्न झाँकीहरु मार्फत प्रदर्शन गर्ने कार्य भएको थियो।

तस्वीर सौजन्य–नेवाअनलाइन
प्रकाशन मिति–२०७६ साल मंसिर २६ गते विहीवार ।