काठमाडौं। गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा Mini Model World 2019  को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस Gold Princess of the world 2020 को उपाधीसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छन्।

टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलले अनलाइन मार्फत आयोजना गरेको अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा विभिन्न विधामा विश्वभरबाट १६ देशका ४० जना प्रतिस्पर्धीहरु सहभागी थिए। जसमध्य नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी ७ वर्षिया प्रिन्शा खड्काले सबैलाई पछि पार्दै Golden Queen 2020 को उपाधि हात पारेकी हुन।

अनलाइन मार्फत विभिन्न चरणमा सम्पन्न प्रतिष्पर्धामा उक्त सफलता नेपालकी सात बर्षिया प्रिन्शाले हात पारेकी हुन्। प्रतियोगितामा प्रिन्शाको विभिन्न भिडियो र तस्बिरहरु प्रतिष्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । नेपालवाट कार्यक्रमको संयोजन मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी निर्देशक मोहना मोथे खनालले गरेकी थिइन्।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘Kwiks Mini Little Champ Nepal 2019 ’ लगायत धेरै टाइटल जितिसकेकी छन्। हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल रहेकी छन्। विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको बहुचर्चित गीत ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकी छन्। यस्तै अन्य दर्जनौ गीतका म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छन्।
प्रकाशन मिति–२०७७ साल कात्तिक १८ गते मंगलवार ।