कास्की । कास्की जिल्लाको पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म रहेको छ। स्थानीय राजेन्द्र अधिकारीले बिगत लामो समय देखि बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका हुन् ।

हजारौं कुखुराहरुमाथि राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन्। नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्म भेट्न सकिन्छ। यति मात्र होईन १६ बर्ष सम्मको बुढो भाले समेत उनको फर्ममा छ। उक्त भालेलाई ३ लाख नगद पाउँदा पनि उनले बेचेनन्। उनको कृषि फर्ममा चितुवा घुमिरहन्छन्। तरपनि, कुखुरालाई केही गर्दैनन् ।

सानोमा चितुवाका बच्चा हुर्काएकोले फार्ममा बेला बेलामा चितुवा आउने र केही नगर्ने दिए खाने नत्र जाने गरेको उनले खुलासा गरे। राती कसैले कुखुरा चोर्ने आँट गर्नै सक्दैेनन्। चितुवा कतिबेला आउँछ कसैलाई थाहा नै हुँदैन। देशमा केही गरौं भन्ने युवाहरुका लागी अधिकारीको जीवन र उनको यो व्यवासयबाट धेरै पाठ सिक्न सकिन्छ।

लाखौंको जागिर छोडेर कृषि अनुसन्धानमा लागेका अधिकारीको यो गजबको फार्म पुग्ने सवै तीन छक्क तथा अठार दंग खाने गरेका छन्।
(फलानो क्रियशनको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज २५ गते शनिवार ।