drugs

काठमाडौ। नेपालमा लागूऔषध नियन्त्रण व्यूरोले १७ लाख मूल्य बराबरको प्रतिवन्धित लागूऔषध सहित पाँचजनालाई पक्राउ गरेको छ। काठमाडौका विभिन्न स्थानवाट पक्राउ ती पाँच अभियुक्तहरुलाई सोमवार व्यूरोले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंको स्वयम्भूबाट सुनिता परियार, चाबहिल–मैजुबहालबाट अनुप बराइली र आदर्श तामाङ, कोटेश्वरबाट विष्णु रणपहेली र बौद्धबाट विजय तामाङ रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागू तथा मनोद्दिपकपदार्थ डाइजेपाम, बुप्रेनर्फिन र फेनार्गन गरी ३१८० एम्पुल बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जले यही मंसिर २३ गते बाराका केशव महतो र राजेश दासलाई पक्राउ गरेपछि बयानका आधारमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशन मिति–२०७३ साल मंसीर २८ गते मंगलवार ।