काठमाडौं। प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने अवधारणाले क्रमिक रुपमा साकारता पाउंदै गएको छ।

यस अवधारणाका जन्मदाता स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य हुन्। कर्माचार्यको यो अवधारणालाई साकार तुल्याउन कर्माचार्यको सुपुत्र परभस जःआचाजु कम्मर कसेर लागेको पाइएको छ।

आचाजुकै संयोजकत्वमा गठित Star 18 Stars Team को आयोजनामा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ रक्तदान गर्ने उत्प्रेरणा र रक्तदानको जनचेतना अभिबृद्धि गर्ने कार्य भैरहेको छ।

यसक्रममा १८ बर्षको जन्म दिनको अवसरमा रक्तदान गर्ने उत्प्रेरणा दिने जनचेतनामूलक कार्यक्रमवाट रक्तदान गर्नेहरुको लर्को लाग्न थालेको छ। त्यसक्रममा आज मंगलवारको दिन काठमाडौं मरु गणेस्थान निवासी अनिम राजबाहकले आफ्नो १८ औं जन्म दिनको अवसरमा केन्द्रिय रक्त संचार सेवा केन्द्र ललितपुर बालकुमारी पुगेर रक्तदान गरेका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाको विशेष आयोजना उक्त रक्तदान कार्यक्रम भएको हो। Star 18 Stars Team का राष्ट्रिय संयोजन स्वयंसेवी रक्तदाता परभस जःआचाजुव्दारा टीमको लोगो अंकित व्यांज प्रदान गरेका थिए। केन्द्रिय रक्त सञ्चार केन्द्रकी निर्देशक डा.मनिता राजकर्णिकारले प्रमाण–पत्र प्रदान गरेकी थिइन्।
प्रकाशन मिति–२०७५ साल पुस २४ गते मंगलवार ।