May Day 2काठमाडौ। आज मे १ तारिख अर्थात १ सय २७ औ अन्तरराष्ट्रिय मजदुर दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम भएको छ।

विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तरराष्ट्रिय मजदुर दिवसमा मजदुरको महत्व र महिमाको बारेमा व्यापक प्रचार प्रसार गर्ने कार्य गरेको छ। उनीहरुले मजदुर एकता र मजदुरको हक, हित र अधिकारको लागि जस्तोसुकै अवस्थामा पनि आन्दोलन गर्न तयार रहेको समेत बताएका छन्।

May Day 1

 

अन्तरराष्ट्रिय मे दिवसको अवसरमा नेपालमा सार्वजनिक विदा समेत दिइएको छ। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजनको अवधारणालाई युरोप र अमेरिकामा रहेको मजदुरहरुले २७ बर्षअगाडि गरेको संघर्षको संझनामा हरेक बर्षको मे १ तारिखका दिन अन्तरराष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ।

प्रकाशन मिति–२०७३ साल बैशाख १९ गते आइतवार ।