काठमाडौ। विसं. १९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस। भूकम्पवाट बच्ने तथा बचाउने सोच सहित यो बर्ष २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने कार्य भएको छ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउने कार्य भएको हो। विसं.२०५५ सालदेखि माघ २ गतेवाट प्रत्येक बर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि भूकम्प र यसको असरवारे धेरैलाई जनचेतना भएको आँकन गरिएको छ। जसको कारण विसं.२०७२ साल वैशाख १२ गते शनिबार नेपालमा गएको महाभूकम्पवाट करोडौको ज्यान बचेको छ।

त्यस भूकम्पले करिब ९ हजार मानिसको ज्यान गएको आँकडा रहेको छ। त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो ।
प्रकाशन मिति–२०७४ साल माघ २ गते मंगलवार ।