काठमाडौं। विसं.२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ। काठमाडौंको जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर असन हुँदै तीनधारा पाठशाला अगाडि बनाइएको रथमा बिधिपूर्वक बिराजमान गराएर रथारोहण गराएर रथजात्रा शुरु भएको हो।

दरवारमार्ग स्थित तीनधारा पाठशालाबाट रथलाई घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनमा रहेको अन्नपूर्ण मन्दिरमा पुर्‍याएपछि आज शुक्रवार पहिलो दिनको रथ यात्रा समापन भएको छ। दोस्रो दिन भोली असन, जनबहाल हुँदै हनुमानढोकास्थित कालभैरवसम्म रथलाई लगिन्छ।

तेस्रो दिन कालभैरवबाट,मरु, चिकंमुगल, मजिपात, जैशीदेवलहुँदै लगनटोलसम्म पुर्‍याइनेछ। लगनमा रहेको मच्छिन्द्रनाथको आमा अवलोकितेश्वर मन्दिरमा तीनपटक घुमाएर मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर पुनः जनबहाल केलटोल स्थित मन्दिरमा स्थापना गरेपछि सेतो मच्छिन्द्रनाथको जात्रा समापन हुन्छ।

Photo By-Rekha Shakya
प्रकाशन मिति–२०७५ साल चैत्र ३० गते शनिवार ।