Nepal-win-Bangabandhu-Gold-Cup-1काठमाडौ। नेपालले २३ बर्ष लामो समयपछि बल्ल फुटबल खेलमा अन्तराष्ट्रिय उपाधि जितेको छ। शुक्रबार बंगलादेशमा भएको अन्तरराष्ट्रिय बङ्गबन्धु कप फुटवल टूर्नामेन्टमा नेपालले बहराइनलाई ३–० को गोल अन्तरले बहराइनलाई पराजित गरेर उक्त कप हात पारेको हो।

सन् १९९३ सालमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जितेपछि नेपालले यसप्रकारको कुनै टूर्नामेन्टमा सफलता हासिल गर्न सकेको थिएन। २३ बर्षअगाडि बंगलादेशमा नै स्वर्ण पदक जितेको नेपालले २३ बर्षपछि बंगलादेशमा नै अर्को स्वर्ण पदक जित्नुलाई ठूलो संयोगको रुपमा लिइएको छ।

Nepal-win-Bangabandhu-Gold-Cup-2

बंगलादेशको ढाकामा भएको फाइनल खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए। उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे । खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए। नेपालका सुमन लामाले रातो कार्ड पाए। विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए। अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए।

Naw Yug Shrestha

नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयरका साथै टप स्कोरर बने। उनले ह्याट्रिकसहित चार गोल गरे । नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए।

Naw Yug Shrestha.1

प्रकाशन मिति–२०७२ साल माघ ८ गते शुक्रबार ।