Apanga tea 1काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको आयोजनामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम संपन्न भएको छ। काठमाडौको भृकुटी मण्डपमा आयोजित समारोहमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्ण प्रसाद सिटौला, नेता अर्जुन नर्सिङ्ग केसी लगायतका राजनीतिकर्मीहरुको बाँक्लै उपस्थिति थियो।

कार्यक्रममा आयोजक राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गहरुको मानवअधिकारका बारेमा अपाङ्ग स्वयम सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए। अपाङ्ग राजनीतिकर्मी विकास थापाले जारी संविधानमा अपाङ्गहरुको हक तथा अधिकार सुनिश्चित पार्नमा सवै अपाङ्गकर्मी क्रियाशील बन्नुपर्ने बताए।

Apanga tea 2नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धिताल, टीका दाहाल लगायतले अपाङ्ग अधिकारका बारेमा बोलेका थिए।

प्रकाशन मिति–२०७२ साल मंसिर १६ गते बुधवार ।