काठमाडौं। भ्यालेन्टाइन–डे अर्थात प्रेम दिवसको अवसरमा करोडौ करोड प्रेम गर्ने जोडीहरुमाझ अनुपम जोडीको रुपमा ध्रुवराज थापा र शशी गौतम देखिएका छन्। कहिलेपनि नछुट्ने जोडीका रुपमा थापा र गौतमको जोडीलाई लिइने गरेको छ।

थापा र गौतमको प्रेम अनि विवाह भएको २९ बर्ष पुगिसकेको छ। यस अवधिमा २४ घण्टामा २५ घण्टा एकसाथ रहने र देखिने जोडीका रुपमा मानिन्छ। यसरी संगै बस्ने जोडीको रुपमा गिनिज बुकमा विश्व रेकर्ड राख्ने कोशिशमा थापा र गौतमको प्रयास रहेको छ। दुवैको पेशा पनि एउटै रहेको छ।

त्यो हो–विश्वको नोबल जब शिक्षण पेशालाई दुवैले अपनाएका छन्। दुवैले पढाउने स्कुल पनि एउटै रहेको छ। काठमाडौंको डिल्लीबजारस्थित पदमकन्या विद्याश्रम माध्यमिक विद्यालयमा दुवैले सोसियल स्टडिज पढाउने गर्दछन्। रत्नराज्य क्याम्पसमा भूगोलमा व्याचलर गर्ने क्रममा भेट भएका यी जोडीको प्रेम पढाईवाटै भएको हो।

पढाईवाट जोडिएको जोडी पढाउनमा नै व्यस्त बनिरहेका छन्। ध्रुवराज थापा कुनैबेलाका कलाकार तथा पत्रकार पनि हुन्। यतिखेर भने, अध्यापनमा नै व्यस्त बनिरहेका छन्। यो लोकमा मात्र होइन, परलोकमा पनि अमर जोडीको रुपमा रहने प्रतिवद्धता दुवैको रहेको छ।

प्रस्तुत छ–यिनै प्रेमका अमर जोडी ध्रुवराज थापा र शशी गौतमसंग भएको भ्यालेन्टाइन भिडियो कुराकानी

प्रकाशन मिति–२०७६ साल फागुन २ गते शुक्रवार ।