काठमाडौं। काठमाडौं उपत्यकामा २४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

प्रवक्ता डा.गौतमका अनुसार काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट काठमाडौंका ४१, भक्तपुर ५ र ललितपुरका २ जना कोरोना संक्रमित भएका छन्। नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

सबैभन्दा धेरै पर्सामा ४९ जना, काठमाडौंका ४१, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १६ जना, धनुषामा १४, बारा र स्याङ्जामा १२–१२ जना, झापा र दैलेखमा १०र१० जना, सुर्खेतमा ९ जना, बर्दियामा ८ जना, महोत्तरी, बागलुङमा ६र६ जना, कैलालीमा ५ जना, धादिङ र सर्लाहीमा ४–४ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानमा ३–३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २र२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलामा १–१ जनामा संक्रमण देखिएको छ। कोरोना संक्रमणका कारण हालसम्म ५२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या १९५४७ पुगेको छ।


प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।