काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टको अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा भव्य फेसन–शो ‘फेसन युनाइट्स’ सम्पन्न भएको छ।

२४ जना व्यावसायिक मोडलहरुको साथमा नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु बीच काठमाडौंको ब्लु स्टार मलमा फेसन युनाइट्स भव्यताका साथ सम्पन्न भएको हो। शोमा नेपालका व्यावसायिक मोडलहरुको साथमा चर्चित अभिनेत्री शुभेच्छा थापाको साथमा एलिजा गौतमसम्मको सहभागिता रहेको थियो।

शोमा अभिनेत्री थापा र गौतम लगायत मोडलहरुले ब्राइडल लेहेङ्गा, गाउन फ्यूजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा आकर्षक क्याटवाक गरेका थिए । वेस्टर्न, इस्टर्नको साथमा टाइपका पहिरनहरुबीच विभिन्न जातजातीको संस्कृति समेत झल्किने फ्यूजन पहिरनहरु पनि शोमा देखिएको थियो।

प्रदर्शन गरिएका पहिरनहरुलाई श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णले डिजाइन गरेका थिए। फेशन शोको कोरियोग्राफी प्रसिद्ध मोडल तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुले गरेका हुन्।

आयोजक संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्टका एजेन्सीका फाउन्डर डाइरेक्टर समेत रहेका फैंजुको कोरियोग्राफीमा मोडलहरुले र्याम्पमा क्याटवाक गर्दा दर्शकको मन मोहित भएको थियो । नेपालको नेपालको मोडलिङ र फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने सोचले आफू अघि बढिरहेको र सोही अभियान अन्तर्गत नै फेसन युनाइट्स कार्यक्रमको आयोजना गरेको फैंजुले भनेका छन्।

अढाई दशकदेखि इभेन्ट म्यानेजमेन्टमा कोरियोग्राफी गर्दै आएका फैंजुलाई भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसनले इन्डो–नेपाल कल्चरल एक्सचेन्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर समेत नियुक्त गरीसकेको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले वर्षमा ६ वटा कार्यक्रमहरु आयोजना गर्दैआएको फैंजुले बताएका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र २४ गते शनिवार ।