काठमाडौ। महामानव भगवान बुद्धको २५६० औ जयन्ती अर्थात आज शनिवार बुद्ध जयन्ती । आज विश्वभर अन्तरराष्ट्रिय बुद्ध जयन्ती धुमधामकासाथ मनाइदैछ।

Budha Jayanti 1

शान्तिको प्रतिक महामानव भगवान बुद्धको मैत्री, करुण र शान्तिको सन्देश विचार तथा शान्तिको महत्वलाई विश्वले मानिदैआएको छ। त्यसमाथि, भगवान बुद्धको पावनभूमि नेपालको लुम्विनी त यतिखेर दुलहीजस्तै झकीझकाउ पारिएको छ।

Budha Jayantiलुम्विनीको ऐतिहासिक मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सडकमा सरसफाई तथा रङ्गरोगनले लुम्विनी अझ आकर्षक देखिएको छ। विश्वको आकर्षण र कौतुहलको प्रतिक मानिएको लुम्विBuddha 1नीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन नेपाल आएका २८ भन्दा बढी मुलुकका प्रतिनिधिहरु पुगिसकेका छन्। उनीहरु बुद्ध जन्मस्थल लुम्विनीको ऐतिहासिक भ्रमण गर्न पाउंदा अत्यन्त गौरवान्दित बनेका छन्।

आजै लुम्विनीमा मनाइने अन्तरराष्ट्रिय बुद्ध जयन्ती तथा लुम्विनी उत्सवमा सहभागी बन्न राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार नै लुम्विनी पुगिसकेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली आज पुग्ने क्रममा रहेका छन्।

प्रकाशन मिति–२०७३ साल जेठ ८ गते शनिवार । बुद्ध जयन्ती ।