Prem Sagar 1काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बुद्ध जयन्तीको अवसरमा रक्तदानमा कार्यक्रम भएको छ। २५६१ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुरको ऐतिहासिक नगरी बोडेमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान गर्नेहरुलाई रक्त संकलन ब्याँग प्रदान गरेर रक्तदानको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा १ सय ४९ औं पटकको रक्तदानको रेकर्ड राखिसकेका रक्तदाता कर्माचार्यले शान्तिनायक भगवान गौतम बुद्धको जयन्तीको अवसरमा विश्वमा शान्ति र मैत्रीभाव कायम हुन अत्यन्त आवश्यक भएको र रक्तदान महानदान नै भएको जिकिर गरेका छन्।

Prem Sagar 3नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आयोजित रक्तदात कार्यक्रम मानन्धर युवा समुहले गरेको हो। यो समेत मानन्धर समूहले गरेको यो तेस्रोपटकको रक्तदान कार्यक्रम भएको आयोजक समूहले जनाएको छ।

चनेलाल मानन्धरद्वारा उद्घोषण गरिएको रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष लोकेश्वर मानन्धरले सभापतित्व गरेका थिए। प्रकाश मानन्धरको कार्यक्रम संयोजनमा भएको कार्यक्रमको उदघाटन पनि प्रमुख अतिथिको रुपमा पुगेका रेकर्डेट रक्तदाता कमार्चायवाटै भएको थियो।

Prem Sagar 2प्रकाशन मिति–२०७४ साल बैशाख २७ गते बुधवार ।