No pyarasut 1काठमाडौ। विना प्यारासुट २५ हजार फिट माथिवाट जमिनमा हाम फाल्नु चानचुने कुरा अवश्य पनि होइन। तर, एक अमेरिकी नागरिक स्काइडाइभर लुक एइकिन्सले विना प्यारासुट आकाशवाट हाम फालेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

No pyarasut 2

दक्षिण क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा २५ हजार माथिवाट विना प्यारासुट हाम फालेर गिनिज बुक अफ वल्र्डमा नयाँ विश्व कीर्तिमान कायम गरेको अमेरिकी फक्स टेलिभिजनले जनाएको छ। सोही टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो।

२६ बर्षदेखि अमेरिकामा स्काइडाइभिङ्ग पेशामा आवद्ध ४२ बर्षे एइकिन्सलाई २५ हजार फिट माथिवाट जमिनमा सुरक्षित रुपमा अवतरण गर्न राखिएको जालीसम्म आइपुग्न २ मिनेट लागेको थियो।
प्रकाशन मिति–२०७३ साल साउन १६ गते आइतवार ।