काठमाडौ। अपाङ्ता भनेको कुरा हरेकमा हुने गर्दछ। अपाङ्ता केवल शारीरिक रुपमा शरीरका अंगमा हुने क्षति तथा असक्ततालाई मात्र अपाङ्ता भन्ने गरिदैन। अपाङ्ता त्यस्तोलाई पनि भन्ने गरिन्छ। जोसंग सवै भएर पनि आँट तथा धैर्यता छैन् भने, त्यो एक किसिमको अपाङ्ता हो।

हरेकमा यस प्रकारका कुनै न कुनै किसिमले हुने गर्दछ। त्यसलाई लुकाएर शारीरिक रुपमा अपाङ्ता भएकालाई अपहेलना गर्ने जस्ता विकृत मानसिकता नेपाली समाजमा अझै विद्यमान रहेको र अपाङ्ता भएकाहरुलाई घरभित्रै लुकाएर अपाङ्ता भएकाहरुको बौद्धिक क्षमता तथा प्रतिभालाई लात मार्ने कार्य भैरहेको धारणा तथा गुनासो २६ औं अन्तरराष्ट्रिय अपाङ्ता दिवसका अवसरमा व्यक्त गरियो।

काठमाडौको गोकर्ण भैरबचौर स्थित बौद्धिक अपाङ्हरुको सामाजिक आश्रम स्वस्थ समाज नेपालले आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले यस्तै आशय तथा गुनासो अनि अवधारणा प्रस्तुत गरेका हुन्। स्वस्थ समाज नेपालको तेश्रो बार्षिक साधारण सभा समेत गरिएको कार्यक्रममा गोकर्ण माध्यमिक विद्यालयका विद्यार्थी, स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्ता भएका बालबालिका, स्थानीय जनसमुदाय तथा राजनीतिक दलका राजनीतिकर्मीहरुको सहभागितामा आइतवार प्रभातफेरि गरेर २६ औं अन्तरराष्ट्रिय अपाङ्ता दिवस मनाइएको हो।

कार्यक्रमको शुभारम्भ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए। लायन्स क्लव अफ काठमाडौ गोकर्ण तथा लियो क्लव अफ काठमाडौ गोकर्णको समेत सहभागितामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रवाट अतुलनिय योगदान दिनेहरुलाई सम्मान प्रदान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, स्वस्थ समाज नेपालका आजीवन सदस्य तथा सल्लाहकार न्हुच्छेनारायण श्रेष्ठ मिलन, रामलाल श्रेष्ठ, भिजन संसारका समाचार सम्पादक श्याम स्मृत लगायतले २६ औ अन्तरराष्ट्रिय दिवस तथा अपाङ्ताको क्षेत्रमा स्वस्थ समाज नेपालले पुर्याएको उल्लेखनीय योगदानको चर्चा तथा परिचर्चा र आवश्यकता अनि महत्वको बारेमा प्रकाश पारेका थिए। कार्यक्रम स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठको सभापतित्वमा भएको थियो।


प्रकाशन मिति–२०७४ साल मंसीर १७ गते आइतवार ।