ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण खेलाडीहरुलाई पनि व्यापक असर परेको छ। यस असरका कारण उत्पन्न समस्यालाई हल गर्न संवन्धित खेलका क्लबहरुको अग्रसरता देखिएको छ। यसक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ थसिखेल स्थित खालीबारी युवा फुटबल क्लवको अग्रता देखिएको हो।

खालीबारी युवा फुटबल क्लवले कोरोनाको वर्तमान कहरमा आफू आवद्ध फुटबल खेलाडीहरुको समस्यालाई केही हदसम्म भएपनि हल गर्नका लागि नगद राहत सहयोग गर्ने कार्य भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा क्लबले नगद राहत सहयोग प्रदान गर्ने कार्य भएको छ।

क्लबले दिएको जानकारी अनुसार, क्लबमा आवद्ध २७ जना खेलाडीहरुलाई नगद राहत सहयोग दिने कार्य भएको छ। प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले विगतका वर्षहरुमा जस्तै यो बर्ष पनि खालीबारी युवा फुटबल क्लबलाई वडाको तर्फवाट विशेष सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका छन्।

फुटबल खेलको सर्वाङ्नि विकासमा खालीबारी युवा फुटबल क्लबको उल्लेखनीय योगदान रहदै आएको तथ्यलाई उजागर गर्दै वडा अध्यक्ष श्रेष्ठले खेलाडीहरुलाई प्रदान गरिएको नगद राहत सहयोगको प्रशंशा पनि गरेका छन्।
प्रकाशन मिति–२०७८ साल असार ५ गते शनिवार ।