काठमाडौ। २७ दिनदेखि अनशनरत डा.गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। सहमति जुटेपछि डा.केसीले  विहीवार रातिवाट अनसन तोडे्का छन्।

त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा.केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर डा.केसीको अनशन तोडाएका छन्। सहमतिसँगै सरकारले चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव संसदमा लैजाने छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने र खोलिसकेको अर्थात पूर्वाधार पूरा गरेको हकमा सम्बन्धित धनीले बेच्न चाँहेमा सरकारले किन्ने छ। त्यस्तै, बाहिर जिल्लामा जान चाहेमा भने सहुलियत दिनेछ।

प्रकाशन मिति–२०७५ साल साउन १० गते विहीवार ।