काठमाडौं। नेपाली साहित्यका अग्रज स्रष्टाहरु शान्तदास मानन्धर र निलम कार्की ‘निहारिका’लाई क्रमशः जगदम्बाश्री र मदन पुरस्कार हस्तान्तरण गरिएको छ।

बिहीबार रातो बंगलास्कुलमा भएको कार्यक्रममा २ लाख पुरस्कार राशिको सो पुरस्कार प्रदान गरिएकोे हो।

मानन्धरलाई बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित भएको भन्दै जगदम्बा श्री प्रदान गरिएको हो।

यसैगरी कार्कीलाई ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल असोज २६ गते शुक्रबार ।