काठमाडौ। नेपालकी चर्चित अभिेनत्री जोस्ना फुयाँलको सोमवार जन्म दिन परेको छ। श्रीस्वस्थानी ब्रत आरम्भको दिन जन्मेकी अभिनेत्री फुयाँलको यो बर्ष जन्म दिन इस्बी संवत अनुसारको नयाँ बर्ष २०१८ को जनवरी १ तारिखका दिन परेको छ।

जन्म दिनको यस अवसरमा काठमाडौको सोल्टीमोड रविभवन स्थित आमाघरमा रहेका ३० जना बृद्धा आमाहरुसंग बसेर जोस्नाले सोमवार आफ्नो जन्म दिन मनाएकी छन्। जन्म दिनलाई सदा अविस्मरणीय बनाउने सोच अनुरुप जन्म दिनमा बृद्धा आमाहरुलाई मिठो–मसिनो भोजन गराउने पहिला देखिएको चाहना अनुरुप यो बर्ष जोस्ना आमाघर पुगेकी हुन्।जोस्नाले आमाघरकी सवैकी आमा दिलशोभा आमाले जन्म दिनको आशिष सहितको आशिर्वाद पाउंदा बेग्लै आनन्द महशुश गरेकी छन्। त्यसमाथि, जानी–नजानी आमाघरका आमाहरुले ह्याप्पी बर्थ डे जोस्ना छोरी भन्दा जोस्ना भावविभोर बनेकी थिइन्। श्रीमान रुपक फुयाँल र सानी छोरी जोरुफा फुयाँलका साथमा जोस्ना आमाघर पुगेकी हुन्।

जन्म दिनको दिन निस्फीक्री अनावश्यक खर्च गरेर मनाउने भन्दा यसरी नै दुःखी–असहाय आमाहरुलाई केही क्षण भएपनि खुशी र सुखी बनाएर जन्मदिन मनाउन पाउंदाको संतुष्टि नै बेग्लै हुने गरेको जोस्नाले भनेकी छन्। हरेक बर्ष यसरी नै जन्म दिन मनाउने प्रतिवद्धता समेत जोस्नाले गरेकी छन्।

प्रकाशन मिति–२०७४ साल पुष १७ गते सोमवार ।