काठमाडौ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले आयोजना गर्दैआएको यो बर्षको तेश्रो कामना फिल्म अवार्ड यही पुस २२ गते शनिवार हुने भएको छ। काठमाडौको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा कामना फिल्म अवार्ड हुन गैरहेको कामना न्यूज पब्लिकेसन्सले जनाएको छ।

प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट कामना फिल्म अवार्डको थालनी गरेको पनि कामनाले भनेको छ। कुल ३२ विधामा कामना फिल्म अवार्ड हुने भएको छ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना अवार्डस् २०७४ मा गत वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ।

Mr.Pushkar Lal Shrestha (Chief Editor of Kamana) with his beloved spouce Vetran Singer M/s Rajeshwari Shrestha.     

तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले भिजन संसारलाई बताएका छन्। ‘कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास र विस्तारका लागि भएको हो। नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने उद्येश्यमा हामी सफल हुँदै आएका छौँ। यही उद्येश्यबाट प्रेरित भएर अवार्डको शुरुवात गरेका हौँ’ प्रधान सम्पादक श्रेष्ठले भनेका छन्।

अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने दावी गरेका छन्। त्यसै गरी अवार्ड आयोजक समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रवन्ध सम्पादक एवं प्रमूख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले दुई संस्करणका अवार्डको अनुभवबाट तेस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने जिकिर गरेका छन्।

Mr.Direk Lal Shrestha (Chief Executive Officer Of KAMANA) with his belove spouce Bini Shrestha.

अवार्ड आयोजक समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले यस वर्षको अवार्ड समारोह ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथ भव्यरुपमा सम्पन्न हुने बताए। लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ।

दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटाी र कृष्ण काफ्ले मनोयनमा परेका छन्।

त्यसै गरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४/१४ विधाको मनोयनमा परेको छ। जात्रा उत्कृष्ट चलचित्रका साथमा नव निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, श्रृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ।

 

हेमराज बिसीद्धारा निर्देशित चलचित्र गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेत्री, हास्य कलाकार, नव अभिनेत्री, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, श्रृंगार र ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ। निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोयनमा परेको छ।

यो चलचित्र उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्धन्द्ध निर्देशक, छायांकार, सम्पादक र श्रृंगार विधाको मनोनयमा परेको छ। आकाश अधिकारीद्धारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ।

यो फिल्म उत्कृष्ट चलचित्रसहित निर्देशक, सहअभिनेता, नव अभिनेता, नव अभिनेत्री, पाश्र्व गायक, पाश्र्व संगीत, द्धन्द्ध निर्देशक, श्रृंगार र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। त्यसै गरी बाटोमूनिको फुल २ र डाइङ क्याण्डल (निभ्न लागेको दियो) ९÷९ विधाको मनोयनमा परेका छन्। सुवर्ण थापाद्धारा निर्देशित बाटोमूनिको फुल उत्कृष्ट निर्देशक, सह अभिनेता, सहअभिनेत्री, कथा, पटकथा, संवाद, गीतकार, गायिका, पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ।

नव निर्देशक नरेशकुमार केसीद्धारा निर्देशित डाइङ क्याण्डल उत्कृष्ट चलचित्र, अभिनेत्री, नव निर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। नव निर्देशक सन्तोष शिवाकोटीद्धारा निर्देशित चलचित्र शब्द नव निर्देशक, अभिनेता, नव अभिनेत्री, बाल कलाकार, संवाद, गीतकार, गायक र छायांकार गरी ८ विधा तथा मिलन चाम्सद्धारा निर्देशित विर विक्रम उत्कृष्ट अभिनेता, नव अभिनेत्री, खलपात्र, संगीतकार र पाश्र्व गायक गरी ५ विधाको मनोनयमा परेको छ।

ऋषि लामिछानेद्धारा निर्देशित चलचित्र किस्मत २ पनि गीतकार, गायिका, द्धन्द्ध निर्देशक, नव अभिनेता र नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ। चलचित्र निर्भय र चपली हाइट २ चार चार विधाको मनोनयनमा परेका छन्। निर्भय उत्कृष्ट अभिनेता, अभिनेत्री, बाल कलाकार र संगीतकार तथा चपली हाइट २ निर्देशक, नव अभिनेता, छायांकन र ध्वनि मिश्रण विधाको मनोयनमा परेको छ।

चलचित्र पलास उत्कृष्ट खलपात्र, गीतकार र गायक तथा चलचित्र राधा संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३/३ विधाको मनोनयमा परेका छन् भने चलचित्र होमवर्क सहअभिनेत्री र कथा, चलचित्र जय परशुराम नव निर्देशक र द्धन्द्ध निर्देशक, चलचित्र किङ नृत्य निर्देशक र द्धन्द्ध निर्देशक, चलचित्र सफर गीतकार र नव अभिनेता गरी २/२ विधाको मनोनयमा परेका छन्। चलचित्र बाजिगर खलपात्र, चलचित्र गाँठो नवअभिनेत्री, चलचित्र लभ सासा अभिनेत्री र चलचित्र हाउ फन्नी गायिका विधाको मनोनयमा परेका छन्।

Mr.Deepak Raj Gir-Nepali Film Chhakka Panja Producer & Actor.

दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोयनमा परेका छन् भने सोही फिल्मबाट उनी कथा पटकथामा पनि मनोनयमा परेका छन्। संवादमा उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धी तामाङ हास्य कलाकारको मनोनयमा छन्।

ताराप्रकाश लिम्बु चलचित्र विर विक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् भने पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट २ बाट छायांकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ चलचित्रबाट नृत्य निर्देशक, एसकुमार एउटै फिल्म बाटोमूनिको फुलबाट कथा, पटकथा, संवाद गरी ३ विधा, हेमराज विसी गाजलुबाट कथा , पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नव निर्देशक गरी ३ विधा, संवाद र नव निर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी कथा, सुरेन्द्र पौडेल गाजलु र लुट २ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्याण्डल र गाजलुबाट श्रृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट २ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन्।

उत्कृष्ट ५ को मनोनयन गर्ने ब्यबस्था भए पनि पाश्र्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूचि आएको छ। सम्मान चलचित्रको – उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।
लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको छ। लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेत्री तथा सृष्टी नवअभिनेत्रीको मनोनयनमा समेत छन्। वर्षा चलचित्र छक्का पञ्जाबाट सअअभिनेत्री विधाको मनोनयमा पनि छिन्। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ।

ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। दर्शकहरुले लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने ब्यबस्था मिलाइएको छ। अवार्ड समारोहका लागि व्यापकरुपमा तयारी चलिरहेको आयोजनक कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १८ गते सोमवार ।