बिराटनगर । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेलमा पठाएको छ।

गोरेलाई जेठ ८ गते काठमाडौको गौरीघाटवाट पक्राउ पछि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यसपछि विमानमार्फत विराटनगर लगेर मोरङ जिल्ला अदालतमा पेश गरिएका गोरेसँग बन्द इजालसमा बयान दिइएको थियो।

गोरेसँगको बयान आज आइतवार मात्र सकिएको थियो। बयान सकिएसँगै सुरु भएको थुनछेकको बहसपछि संगठित अपराध निवारण ऐन २०७० मुलुकी ऐन आव ११८ को देहाय २ बमोजिम थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको हो।

मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाका विरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ।
प्रकाशन मिति–२०७५ साल जेठ १३ गते आइतवार ।