काठमाडौ। नेपालमा सुन तस्करहरुको अखडा बन्दैआएको छ। विदेशवाट नेपालमा सुन तस्करी गर्ने र त्यही सुन भारत लगायतका देशमा महंगो मूल्यमा बेचेर मालामाल बन्ने तस्करहरुलाई सघाउने नेता देखि प्रहरी अफिसरसम्मको कारण सुन तस्करीको बढावा भैरहेको छ।

यसक्रममा पछिल्लो ३३ किलो सुन तस्करीको कुराले नेपाल सुनमय हंगामा भएको छ। अर्कोतर्फ लामो अनुसन्धान पश्चात ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई नेपाल प्रहरीले काठमाडौको गौरीघाटवाट पक्राउ गरेपछि सुन तस्करीको पर्दाफास नै भएको छ। एक से एक प्रहरी अफिसर देखि नेतासम्म तानिने भएको छ। धेरैलाई पक्राउ गरेर जेल चलान समेत गरिसकेको छ।

काठमाडौमा पक्राउ परेका मुख्य अभियुक्त ‘गोरे’लाई मंगलवार नै जहाजवाट विराटनगर लगेर जिल्ला अदालत मोरङमा पेश गरेर जेल चलान गरेको छ। मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाका विरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ।

गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग लागेको छ। सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ।


प्रकाशन मिति–२०७५ साल जेठ ८ गते मंगलवार ।