Rekha Thapa Birthday 1काठमाडौ। नेपालकी नंबरी नायिका रेखा थापाले आज आइतवार जन्मदिन साँखुको सालीनदी परिसरमा रहेको श्रीस्वस्थानी मन्दिरमा मनाएकी छन्।

आइतवारवाट ३३ बर्ष पुगेकी नायिका थापाले श्रीस्वस्थानी मन्दिरमा बर्थडे केक काटेर जन्मदिन मनाएर त्यहाँ रहेका अनाथ तथा असहायहरुलाई निःशुल्क भोजन गराउनुको अलावा नगद २५ हजार सहयोग गर्ने कार्य पनि गरेकी छन्।

सालीनदी परिसरमा आउंदा आफूलाई बेग्लै आनन्दको अनुभुति हुने तथा यो स्थान आफ्नो लागि घरजस्तै लाग्ने भएकोेले फुर्सदमा यतातिर आउने गरेको खुलासा गरेकी छन्। श्रीस्वस्थानी मन्दिरमा नगद ४ लाख खर्च गरेर नायिका थापाले रंगरोगन गर्ने कार्य पनि भएको छ।

प्रकाशन मिति–२०७३ साल भदौ ५ गते आइतवार ।