Huge Family of World 2काठमाडौ। एउटै घरमा १ सय ८१ जना मिलेर बसेको भारतको एक परिवारले गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफलता प्राप्त गरेको छ। जियोना चाना नामक मुखियाको जहान परिवार तथा नातिनातिना सहित १ सय ८१ जना गजबले मिलेर बसेका छन्। जसमा जियोनाका ३९ जना पत्नी रहेका छन्। ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी रहेको यो परिवार विश्वकै बृहत परिवार मानिएको छ।

Huge Family of World 1भारतको मिजोरमस्थित बख्तवाङ्गमा बसोबास गर्दै आएको यो परिवार एउटै घरमा एउटै भान्छा प्रयोग गर्दै आएको छ। सय कोठा भएको चार तले घर यो परिवारले ढाकिएको छ। जियोनाको पहिलो विवाह सन् १९५९ मा भएको हो। उनको पछिल्लो विवाह भने सन् २००४ मा भएको थियो। यो परिवारको पेट भर्नका लागि दैनिक एक सय ३० किलो अन्न र तरकारी पाक्ने गर्दछ।

Huge Family of World 3मासुका लागि यो परिवारलाई एक छाकमा ३० देखि ४० वटा कुखुरा चाहिने गर्दछ। जियोनाका सबै पत्नी आज्ञाकारी छन् र आपसमा मिलेर बस्दै आएका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल साउन २१ गते शुक्रबार ।