drugs-crime

काठमाडौ। करिब ३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित लागू औषध नियन्त्रण ब्युरोको टोलील भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेन्त थिरन राजानलाई पक्राउ गरेको छ।

मंगलबार इत्तिहाद एयरबाट काठमाडौं आएका जोसेफ एक्लै नेपाल आएपछि प्रहरीले निगरानी गरेको र अनुसन्धान पछि ल्याप टप ब्यागमा फल्स बटम बनाई लुकाएको अवस्थमा कोकिन बरामद गरेको प्रहरीले जनाएको छ। ठमेलको एक होटलमा बसेका राजानलाई कोकिन दिन लाग्दा उनीहरु रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ।

एलिसले सो कोकिन ब्राजिलको साओ पाउलोबाट आबुधाबी हुदैं नेपाल ल्याएको प्रहरीले जनाएको छ। राजानले उक्त कोकिन म्याक्स नाम गरेको व्यक्तिलाई दिन हङकङ लैजाने तयारी गरेको ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिए। उनीहरुलाई मलेसियाबाट तारा नामक गरेकी महिलाले खटाएको र दुवै जना भरिया मात्र भएको पनि प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १६ गते विहीवार ।