हेटौडा। नेपालको प्रभावशाली प्रदेश ३ नंबर प्रदेशको नाम ‘नेपालमण्डल प्रदेश’ राख्नुपर्ने व्यापक माग भएको छ। यस संवन्धमा ३ नंबर प्रदेश सभामा नाम प्रस्ताव दर्ता नै भएको छ। प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ समक्ष शुक्रवार उक्त प्रस्ताव हस्तान्तरण गरिएको छ। सभामुख श्रेष्ठले उक्त प्रस्तावलाई दर्ता प्रक्रियामा पठाएको छ।

३ नंबर प्रदेशका प्रभावशाली सांसद डाक्टर अजयक्रान्ति शाक्य र बसन्त मानन्धर प्रस्तावक रहेको उक्त प्रस्तावलाई सांसदहरु केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मिला श्रेष्ठ कर्माचार्य र सरस्वती बाटीलगायतले समर्थन गरेका हुन्।

यस प्रस्तावका प्रस्तावक तथा समर्थक सवै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु हुन्। यस प्रस्तावलाई अन्य सांसदहरुको पनि समर्थन जुटाउने व्यापक प्रयास भैरहेको बताइएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ १७ गते शुक्रवार ।