काठमाडौ। ३ नंबर प्रदेशको सभामुखमा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौ क्षेत्र नंंबर २ का प्रदेश सभासद सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित बनेका छन्। नव–निर्वाचित सभामुख श्रेष्ठलाई ३ नंबर प्रदेश प्रमुख अनुराधा कोइरालाले आज शनिवारअपराह्न हेटौँडामा सभामुख पदको शपथ ग्रहण गराएकी छन्।

श्रेष्ठले प्रदेशसभा सचिवालयमा आजै साँझ पद बहाली पनि गरेका छन्। त्यस अवसरमा श्रेष्ठले मुलुकको संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशसभाको गरिमालाई उच्च पार्ने कार्यमा आफ्नो दृढता रहने धारणा व्यक्त गरेका छन्।

नव–निर्वाचित सभामुख ५८ बर्षिय श्रेष्ठ काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर निवासी हुन्। श्रेष्ठ काठमाडौँ जिविसको सभापति पनि बनिसकेका प्रखर व्यक्तित्व पनि हुन्।

प्रकाशन मिति–२०७४ साल माघ २७ गते शनिवार ।