काठमाडौं। शहीद दिवसको अवसरमा ३ नंबर प्रदेशमा माघ १६ गते भोलि बुधवार सार्वजनिक विदा गरिएको छ। यस संवन्धमा ३ नंबर प्रदेशले एकसाता अघि नै सार्वजनिक विदाको निर्णय गरेको थियो। बीर अमर शहीदहरुको सम्झनामा अघिल्ला बर्षहरुमा सरकारले नै सार्वजनिक विदा दिने गरेको भएतापनि यो बर्षको क्यालेण्डरमा शहीद दिवसको विदा काटिएको छ।

केन्द्र सरकारले शहीद दिवसको विदा काटेतापनि ३ नंबर प्रदेश सरकारले ३ नंबर प्रदेशमा सार्वजनिक विदा दिएर बीर अमर शहीदहरुको सम्मान गरेको छ। ३ नंबर प्रदेश सरकार अन्तर्गतका कार्यालय, विद्यालय लगायतले सार्वजनिक विदा दिएको छ।

काठमाडौं महानगरपालिकाले पनि आफ्ना मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको प्रवक्ता ईश्वरमान डंगोलले बताएका छन्।
प्रकाशन मिति–२०७५ साल माघ १५ गते मंगलवार ।