pakistani-airकाठमाडौ। पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्स (पीआइए)को विमान बुधबार दुर्घटनाग्रस्त भएको छ। पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको ‘पीके–६६१’ विमान करपाल गाउँमा दुर्घटना भएको पाकिस्तानी विमान सेवाका प्रवक्ताले जनाएका छन्। ४० जना यात्री र चालकदलका पाँच सदस्यसहित स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेर ४० मिनेटमा चितरालबाट उडेको विमानको ४ बजेर १४ मिनेटमा राडारसँग सम्पर्क टुटेको थियो। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल मंसीर १५ गते बुधवार ।