काठमाडौं। ४६ बर्षिया बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । प्रीतिले जुम्ल्याहा सन्तानलाई जन्मदिएकी हुन्।

बिहीबार प्रीतिले दुई सन्तान जन्माएको खुसी उनका श्रीमान् जिन गुडइनफले व्यक्त गरेका छन् । प्रीतिले आमा बन्दाको खुसी सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकसँग शेयर गरेकी छन् ।

प्रीति लेख्छिन्, ‘जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ । हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई हाम्रो संसारमा स्वागत गरेका छौं । जीवनको यो नयाँ चरणलाई लिएर उत्साहित छौं ।’

बच्चा जन्माएका प्रीति र जिनले सेरोगेट र डाक्टरलाई पनि धन्यवाद दिएका छन् । प्रीतिले लेखेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भैदिएकोमा डाक्टर, नर्स र हाम्रो सेरोगेटलाई हार्दिक धन्यवाद, प्रीति–जिन, जय र जियाको तर्फबाट ! ’प्रीति र जिनले सन २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए ।

प्रकाशन मिति–२०७८ साल मंसिर २ गते विहीवार ।