trump-with-barak-obama

काठमाडौ। अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले वासिङ्गटन स्थित राष्ट्रपति निवास व्हाइटहाउसमा बोलाएरु आतिथ्य सत्कार गरेका छन्।

ट्रम्प नयाँ राष्ट्रपतिमा निर्वाचित भएको ४८ घण्टा बित्न नपाउँदै राष्ट्रपति ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा बोलाएर आतिथ्य सत्कारसँगै छलफल गरेका हुन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले राष्ट्रपति ओबामाले गरेको छलफललाई ‘सम्मानको कुरा’ भएको बताए ।

ह्वाइट हाउसको ओभल अफिसमा ओबामा र ट्रम्पबीच डेढ घण्टासम्म छलफल भएको थियो । त्यस क्रममा आन्तरिक तथा बाह्य मामिलाका विषयमा कुराकानी भएको बताइएको छ। राष्ट्रपति ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको भावनाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले भने ओबामाको टिमसँग मिलेर काम गर्ने बताएका थिए। ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अघि सारेको विदेश नीति र मिलेर काम गर्ने चाहनाबाट आफू प्रभावित भएको बताए। उनले ट्रम्पको सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।(एजेन्सी)

प्रकाशन मिति–२०७३ साल कात्तिक २६ गते शुक्रबार ।