ललितपुर। कोरोनाभाइरस विरुद्धको चाइनिज भेरोसिल खोप ६० बर्षदेखि ६४ बर्ष उमेर समूहलाई जेठ २५ गते मंगलवारवाट दिन थालिएको छ। देशैभर दिन थालिएको चाइनिज भेरोसिल खोप लिनका लागि ६० देखि ६४ उमेर समूहका ज्येष्ठ नागरिकहरुको मर्यादित तथा अनुशासित सहभागिता रहेको पाइएको छ।

त्यसमाथि, वडा वडाको पहलवाट यो खोप प्रदान गरिएको हुंदा स्थानीय जनप्रतिनिधिहरुको उल्लेखनिय सहयोग र सहभागिता रहेको पाइएको छ। स्थानीय जनप्रतिनिधिहरुको व्यापक सहभागिता रहेका खोप केन्द्रहरुमा निक्कै नै खोप कार्यक्रम व्यापक व्यवस्थित भएको देखिएको छ।

जसमा ललितपुर महानगरपालिका वडा नंबर ५ थसिखेल स्थित महालक्ष्मी पार्टी प्यालेसमा रहेको खोप केन्द्रमा अघिल्लो दिन देखि ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय एवम् जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको पहल तथा अगुवाईमा खोप केन्द्रलाई पूर्णतया सेनिटाइज गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई आराम दिने हरसंभव प्रयास भएको पाइएको छ।

जसको कारण ज्येष्ठ नागरिकहरु अत्यन्त खुशी भएको पाइएको छ। मंगलवार र बुधवार मात्र खोप दिइने कार्यक्रममा मंगलवारको खोप कार्यक्रमको चाइनिज भेरोसेलको पहिलो खोप लिने पुरुष १५० र महिला १२७ गरेर जम्मा २७७ जनालाई खोप लगाउने कार्य भएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

यसअघि, चाइनिज भेरोसेलको दोश्रो खोप लिन छुट भएका पुरुष १७ र महिला १३ गरेर ३० जनालाई खोप लगाइएको पनि वडा अध्यक्ष श्रेष्ठले बताए। पहिलो र दोश्रो डोज गरेर मंगलवार कुल ३०७ जनालाई खोप लगाइएको छ।

प्रकाशन मिति–२०७८ साल जेठ २५ गते मंगलवार ।