काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ। चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा चलचित्र पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको हो।

संघले २० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ। कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरूको हितमा काम गर्ने चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले वताएका छन्।

चलचित्र पत्रकार संघ नेपालको बार्षिकोत्सव आगामी जेठ ७ गते कल्याणकारी कोषको औपचारिक घोषणा गरिने महासचिव समिर बलामीले जानकारी दिएका छन्। कल्याणकारी कोष संचालनको लागि कार्यविधि पनि तयार गरिसकेको महासचिव बलामीको भनाई छ।


प्रकाशन मिति–२०७७ साल चैत्र ७ गते शनिवार ।