antoniyo-gutereshकाठमाडौ। १० वर्षसम्म राष्ट्र संघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ।

गुटेरेसले आगामी वर्षको सुरुमा राष्ट्र संघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन्। राष्ट्र संघको नयाँ महासचिवका लागि बुधबार सुरक्षा परिषद्का १५ सदस्यले १० उम्मेदवारका लागि गोप्य मतदान गरेका थिए। यसमा कसैले पनि गुटेरेसको विरोध गरेका छैनन्।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ ले गुटेरेसको पक्षमा तथा दुई सदस्यले नो–ओपेनियनमा मत दिएका छन्। यसको अर्थ सुरक्षा परिषद्मा कोही पनि गुटेरेसको विपक्षमा छैनन्। संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत विटाली चरकनले गुटेरेस महासचिव बन्ने लगभग निश्चित भएको बताएका हुन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असोज २० गते विहीवार ।