Gold 2काठमाडौ। गत बैशाख १२ र २९ गतेको महाभूकम्प यता तातोपानी नाका बन्दले नेपालीले धेरै दुःख भोगेतापति मुलुकलाई भने लाभ पुग्न गएको छ। भारतीय नाकाबन्दीमा पनि चीन सरकारले खुलाउन नमानेको तातोपानी नाका बन्दकै कारण सुनको अवैध कारोबार भने पूर्णतया बन्द हुन पुगेको छ। जसको परिणामस्वरूप गत ६ महिना सुनको वैधानिक आयात साढे ५ सय प्रतिशतले बढेको छ भने राज्यले राजस्व पनि १ अर्बभन्दा बढी असुलेको छ।

भन्सार विभागकाअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार १३ किलो सुन आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ४ सय ६६ किलो सुन आयात भएको थियो । नेपाल राष्ट्र बैंकले पनि तातोपानी नाका बन्द भएका कारण अवैध कारोबारीले सुनको तस्कर गर्न नपाएकाले वैधानिक आयात बढेको भनेको छ । भंसार विभागका अनुसार ६ महिनाको अवधिमा ११ अर्ब २७ करोड ६१ लाख रुपैयाँको सुन भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ सय १४ दशमलव ५ प्रतिशले बढी हो।

Gold Gahana 1

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले पनि सुनको तस्करी घटेकाले वैध आयात बढेको स्वीकार गरे। ‘विगतको तुलनामा तस्करीबाट आयात हुने सुन घटेको छ,’ उनले भने, ‘त्यसैले बैंकबाट आयात बढेको हो ।’ सरकारले वाणिज्य बैंकबाट मात्रै सुन किन्नुपर्ने बाध्यात्मक व्यवस्था गरे पनि तस्करी मौलाएपछि व्यवसायीले सुन उठाउन छाडेका थिए। बैंकभन्दा अवैध बाटो भएर आयातित सुन सस्तो भएपछि व्यवसायीले बैंकबाट ल्याउन छाडेका थिए।

प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।