Sushil Kumar Dhungel in His own painting art.
Sushil Kumar Dhungel in His own painting art.

काठमाडौ। कलाकारितामा उमेरको कुनै छेकवार हुंदैन। कलामा उमेरको कुनै पावन्दी हुँदैन। कला र कलाकारिता जुनसुकै उमेरमा पनि हुने गर्दछ। यसको कुनै सीमा नै हुंदैन्। असिमित सीमाभित्रको कलाकारितामा विगत तीन बर्षदेखि चुर्लुम्म डुब्दैआएका स्रष्टा कलाकारमा सुशील कुमार ढुंगेल पनि एक हुन्। उमेरको हकमा ७२ बर्षको उकालोमा रहेका कलाकार ढुंगेललाई ७० बर्षको उमेरमा आएको कलाको एकाएक उर्लदो मोह र यसप्रतिको चासोले कलाकार बनाएको हो।

Sushil Kumar Dhungel-An artist of old ages. But, his mind & art ever young.
Sushil Kumar Dhungel-An artist of old ages. But, his mind & art ever young.

३० बर्षभन्दा लामो सरकारी जागिरे जीवनमा उपसचिव पदवाट रिटायर्ड बनेर फुर्सदी दिन विताइरहेका स्रष्टा ढुंगेलकै शव्दमा एक रोमान्टिक पत्रिकामा प्रकाशित फुर्सदमा कलाकारिता शिर्षकको विज्ञापनवाट प्रभावित बनेर कला र कलारिता सिक्न पुगेका हुन्। ललितपुरको सौगल स्थित कलाकार अजय देसारको योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलमा भर्ना भएर एक बर्ष मेहनत गरेर चित्र कलाकारिता सिकेपछि ढुंगेल कलाकार बने।

Sushil Kumar Dhungel with His Art Teacher Mr. Ajaya Deshar, Deshar's wife and Child as well as Dhungel's wife Kabita Dhungel in his Home Naxal, Ktm.
Sushil Kumar Dhungel with His Art Teacher Mr. Ajaya Deshar, Deshar’s wife and Child as well as Dhungel’s wife Kabita Dhungel in his Home Naxal, Ktm.

मनको कुरा चित्रवाट धमाधम अभिव्यक्त गरिन थालेपछि नेपाल बायुसेवा निगमवाट सेवा निवृत बनेर बसेकी जीवन संगीनी कविता ढुंगेल समेत तीन छक्क परेकी थिइन्। चित्रकला सिक्नको लागि काठमाडौको नक्साल निवास घरवाट ललितपुरको सौगल स्थित योङ्ग पिकासोमा पुग्न कहिले पनि अल्छी नमान्ने गरेको तथा घामपानी नभन्दै पुग्ने गरेको त्यो मेहनतलाई ढुंगेल जीवन संगीनी कविता ढुंगेल अझैपनि संझ्ने गरेकी छन्।

sushil-kumar-dhungana-6

आफूभन्दा दोब्बर उमेरले कान्छो अजय देसारलाई चित्रकलाको गुरु मानेर चित्रकला सिकेका ढुंगेलले तीन बर्षको अवधिमा एक्रोलिक तथा आयल पेन्टिङ्ग चित्रहरु २ सय भन्दा बढी सिर्जना गरिसकेका छन्। उपन्यास लेखक समेत रहेका कलाकार ढुंगेलको ध्वजा फरफराइरहेछ नामक उपन्यास १८ बर्षअघि नै प्रकाशित भैसकेको छ।

यो बर्ष नयाँ उपन्यास प्रकाशित गर्ने अन्तिम तयारीमा पनि कलाकार ढुंगेल रहेका छन्। चित्र र साहित्यलाई समानान्तर ढंगवाट अगाडि बढाउने सोचमा रहेका कलाकार ढुंगेल यसैमा वाँकी जीवन देखेका छन्। भन्छन–“जिन्दगी एउटा अमूर्त चित्र हो। जुन बुझेर पनि बुझ्न सकिदैन।”sushil-kumar-dhungana-3प्रकाशन मिति–२०७३ साल कात्तिक १५ गते सोमवार । नेपाल संवत ११३७ कछला पारु।