Quatar

काठमाडौ। आतंककारीलाई सहयोग गरेको आरोपमा खाडीका ६ सहित ७ मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), लिबिया, बहराइन, इजिप्ट, यमन र माल्दिभ्सले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका छन्।

कतार नेपाली कामदारका लागि महत्वपूर्ण गन्तव्य हो। कतारमामात्र करिब ४ लाख बढी नेपाली कार्यरत् रहेको जनाइएको छ। यसले नेपाली कामदारहरुमाझ अन्यौल बढाउनु स्वाभाविक हो । छिमेकी मुलुकहरुले स्थल, जल, हवाई क्षेत्र बन्द गरेसँगै अन्तरदेशीय कारोबारमा रोजगाररत् नेपाली कामदारहरु प्रभावित भएका छन्। तर, यसले नेपाली कामदारहरुको तत्काल रोजगारीमै असर पर्ने भने नदेखिएको बताइन्छ।

वरिष्ठ अर्थविद् डा. भवानीप्रसाद ढुंगाना यो अवस्था कति समयसम्म जान्छ र त्यसले कतारको अर्थतन्त्रमा पार्ने प्रभावले त्यहाँको रोजगारी, नेपाली कामदार उनीहरुले पठाउने विप्रेषणलगायतका प्रभाव आंकलन गर्न सकिने बताउँछन्। कतारले यसबारेमा आफ्नो अवस्था छिटो स्पस्ट गरेर चाँडो नसल्टाए उसको अर्थतन्त्रमा ठूलो असर पर्छ। कतारकोे अर्थतन्त्रमा पर्ने प्रभावले त्यहाँ रोजगारीदर र नेपाली कामदारको भविश्य निर्धारण हुने उनको भनाइ छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २३ गते मंगलवार ।