काठमाडौ। जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन्। सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो।

सहमतिलगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका छन्। ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए।

गद्दी त्यागबारे शुक्रबार भएको छलफललगत्तै सञ्चारकर्मीसँग प्रधानमन्त्री आबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने तय भएको बताएका छन् । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर १५ गते शुक्रबार ।