Barishtha samman 1काठमाडौ। ८८ बर्ष उमेर कटेका बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष सम्मान प्रदान गर्ने कार्यवाट बृद्धबृद्धाहरुमा बेग्लै हौसला मिलेको पाइएको छ। नगद १२ हजार एकमुष्ठ हातमा पर्दा ती बृद्धबृद्धाहरुको आँखामा हर्षको आँशु देख्दा उनीहरुका नातागोता तथा सन्तानहरुमा पनि एकक्षण गंभीरता छाएको देखियो।

Barishtha samman 5अनि रमाएर त्यसरी पाएको नगद सम्मानलाई सम्हालेर आफ्ना गोजीमा राख्दै छोरा–बुहारीलाई लौ मैले त सरकारी पैसा पाए भनेर खुशी प्रकट गर्दा नगदव्दारा सम्मान गर्ने स्थानीय पदाधिकारीहरु पनि खुशीले दंग परेको पाइयो। यस्तै दृश्य काठमाडौ महानगपालिकाको १७ नंबर वडा कार्यालय धोविचौरमा देखियो।

Barishtha samman 4नव–निर्वाचित जनप्रतिनिधि वडा नंबर १७ का वडा अध्यक्ष नविन मानन्धरले ८८ कटेका बृद्धबृद्धाहरुलाई शुक्रबार आयोजित बरिष्ठ ज्येष्ठ बृद्धबृद्धाहरुलाई जनही नगद १२ हजारसहित सम्मान प्रदान गरेका छन्। २५ जना बरिष्ठ ज्येष्ठ नागरिक विशेष बार्षिक सम्मान कार्यक्रममा १७ नंबर वडाकै सवैभन्दा बरिष्ठ ज्येष्ठ नागरिक ९८ बर्षिया विष्णुमाया बज्राचार्यले प्राप्त नगद १२ हजार ओल्टाइ–पल्टाइ गरेर हेर्दै वडा अध्यक्ष नविन मानन्धरलाई आशीर्वाद दिएकी थिइन्।

Barishtha samman 3१७ नंबर वडाकै बरिष्ठ ज्येष्ठ नागरिकवाट आशिर्वाद पाएका वडा अध्यक्ष नविन मानन्धरले उहाँजस्तो आमावाट आशीर्वाद पाउनु अत्यन्त गौरबको क्षण भएको भनेका छन्। ९८ बर्षिया बरिष्ठ ज्येष्ठ नागरिक बज्राचार्यकी बुहारी सुनिता कायस्थ पनि सासुआमाको खुशीवाट आफूहरुलाई पनि अत्यन्त खुशी लागेको प्रतिक्रिया व्यक्त गरेकी छन्।

Barishtha samman 2प्रकाशन मिति–२०७४ साल असार ९ गते शुक्रबार ।