काठमाडौं। ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक भएको छ । पाँच छोरीहरुका अत्यन्त प्रिय पिता अनि सवैका प्रिय गायक गुह्येश्वरी राज मानन्धरको शनिवार पयंटन वोर्डमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो।

शताब्दी पुरुष सत्यमोहन जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको भच्र्युंअल एल्बमको विमोचन पश्चात सार्वजनिक गरिएको थियो। कार्यक्रममा मानन्धरका जम्मा ७ वटा गीतहरु सार्वजनिक गरिएको थियो। सवै गीतहरुमा संगीतकार हरिशरण साय्मिले संगीत संयोजन गरेका छन्।

सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। सार्वजनिक समारोहमा शताब्दी पुरुष जोशी, जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा दाफा गुरुहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

https://www.facebook.com/laxmi.khadgi.7/videos/3236424516600980

मन्तव्यको क्रममा जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा प्राध्यापक डाक्टर सिलु मानन्धर बज्राचार्य र प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले नेवार समाजमा परम्परागत दाफा गीतको महत्व र यसको संरक्षणमा गायक मानन्धरको योगदानको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको संचालन अग्रज संचारकर्मी निर्मल बज्राचार्यले गरेका थिए।

प्रकाशन मिति–२०७८ साल असोज १६ गते शनिवार ।